Logo
३ भाद्र २०८२, मंगलबार
(July 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोटेकोशी बाढीबारे गृहमन्त्रीः नेपाली भूमिबाट २० जना बेपत्ता, ११ जना चीनबाट हराएको जानकारी

गृहमन्त्री रमेश लेखकले रसुवाको भोटेकोशी नदीको बाढीबाट मृत्यु भएका ११ जनामध्ये दुई जनाको मात्रै सनाखत भएको बताएका छन्।

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैकठमा बोल्दै उनले यस्तो बताएका हुन्।  बाढीमा २० जना मानिस नेपालबाटै बेपत्ता भएको र अन्य ११ जना चीनको भूमिबाट बेपत्ता भएको र बगेर नेपालमै आएको हुनसक्ने खबर चीन सरकारले दिएको बताए।

उनले उनीहरुको पनि खोजि भइरहेको बताए। अहिलेसम्म नेपालबाट बाढीमा परि बेपत्ता भएकामध्ये ११ जनाको शव फेला परेको बताए। विपद्मा परेर बेपत्ता भएको १० दिनसम्म पनि शव नभेटिए मृतक सरह राहत दिने बताए। खोज, उद्धार, पुनःनिर्माणमा पनि सरकार तयारी अवस्थामा रहेको बताए। पूर्वसूचना प्रणालीलाई चुस्त, दुरुस्त बनाएको दाबी गरे।

सरकारले पूर्वसूचनाका लागि एसएमएसले नपुगेको निष्कर्ष निकाल्दै टेलिफोनको सर्भिस प्रोभाइडरहरुलाई अब घण्टी नै एकै पटक बजाउने र फोन उठाउने वातावरण बनाउनेबारे सोचिरहेको बताउनु भयो।

प्रकाशित मिति: Jul 13, 2025

प्रतिक्रिया दिनुहोस्