Logo
३० श्रावण २०८२, बिहीबार
(July 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीसँग सहभागी कार्यक्रममा स्पेन गएकाहरू नफर्केको पुष्टि भइसक्यो : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा शाहीले प्रधानमन्त्री सहभागी कार्यक्रमका नाममा स्पेन गएका नेपालीहरू हालसम्म नफर्किएको पुष्टि भइसकेको दाबी गर्दै गम्भीर अनुसन्धानको आवश्यकता औँल्याए ।

‘अहिले प्रधानमन्त्री सहभागी कार्यक्रममा गएका व्यक्तिहरू नफर्किएको पुष्टि भइसकेको छ,’ शाहीले भने, ‘यसको छानबिन गरौँ । संसदीय छानबिन समिति बनाउन सरकार किन डराइरहेको छ ?’

शाहीले भिजिट भिसाको नाममा राज्य संयन्त्रको दुरुपयोग भएको भन्दै दोषीलाई कारबाहीको मागसमेत राखे । साथै, छानबिन समिति गठन नभएसम्म आन्दोलन नछाड्ने स्पष्ट चेतावनी पनि दिए ।

प्रकाशित मिति: Jul 13, 2025

प्रतिक्रिया दिनुहोस्