Logo
६ श्रावण २०८२, सोमबार
(June 29, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान सक्दैन: कृषि मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् । आज २२ औँ राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच विकास भइरहेको भन्दै यस्तो सोच राख्न नहुने उनले बताए । अनुसन्धान गर्दै, परिष्कृत गर्दै धान बालीलाई अघि बढाउन सके धानमा आत्मनिर्भर हुन कुनै समस्या नरहेको अधिकारीले बताए ।

मल समयमा पाउनुपर्ने, पर्याप्त हुनुपर्ने कुरा जायज रहेको बताउँदै उनले असार र साउनमा मलको धेरै समस्या हुने हो की भन्ने चिन्ता लागेका बताए ।

मन्त्री अधिकारीले किसानको मागहरू सम्बोधन गर्नेकुरामा सरकार गम्भीर रहेको बताए । दुई वर्षभित्रमा देश धानमा आत्मनिर्भर हुने उनको भनाइ छ ।

प्रकाशित मिति: Jun 29, 2025

प्रतिक्रिया दिनुहोस्