Logo
६ श्रावण २०८२, सोमबार
(June 25, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विशेष अदालतमा माधव नेपाल : आजै निवेदन दर्तादेखि बयान र थुनछेक बहससम्म

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुधबार दिएकै निवेदनका आधारमा विशेष अदालतमा उनको बयान सुरु भएको छ ।

विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान सुरु भएको हो ।

विशेष अदालतको दैनिक पेसी सूचीमा इजलास नम्बर २ मा माधवकुमार नेपालको मुद्दा पहिलो नम्बरमै राखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

त्यसयता माधवकुमार नेपाल पहिलो पटक अदालतमा उपस्थित भएका हुन् । उनले अदालतमा उपस्थितबारे आजै दिएको निवेदनका आधारमा विशेष अदालतले उनको बयान लिने र थुनछेक बहससमेत आजै तोकेको हो ।

प्रकाशित मिति: Jun 25, 2025

प्रतिक्रिया दिनुहोस्