Logo
६ श्रावण २०८२, सोमबार
(June 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्यमा भारी गिरावट, तोलामा १७ सयले घट्यो सुन

 नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। आज सुन १७०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि सोमबार चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित मिति: Jun 24, 2025

प्रतिक्रिया दिनुहोस्