Logo
६ श्रावण २०८२, सोमबार
(June 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युद्धविरामको कुनै सम्झौता भएको छैन : इरान

काठमाडौँ : इरानले कुनै पनि युद्धविरामको सम्झौता नभएको बताएको छ । इरानका विदेशमन्त्री अब्बास अराघ्चीले सामाजिक सञ्जालमा लेख्दै अहिलेसम्म युद्धविराम वा सैन्य कारवाही बन्द गर्ने कुनै सहमति नभएको बताएका हुन् ।

अराघ्चीले भनेका छन्,’ इरानले बारम्बार स्पष्ट पारेको छ, इजरायलले इरानमाथि युद्ध सुरु गरेको हो, अहिलेसम्म, कुनै पनि युद्धविराम वा सैन्य कारबाही बन्द गर्ने बारेमा कुनै ‘सहमति’ भएको छैन । यद्यपि, यदि इजरायली शासनले तेहरान समयको बिहान ४ बजे भन्दा पहिले इरानी जनताविरुद्धको आफ्नो गैरकानूनी आक्रमण रोक्छ भने, हाम्रो प्रतिक्रिया जारी राख्ने हाम्रो कुनै इरादा छैन । हाम्रो सैन्य कारबाही बन्द गर्ने अन्तिम निर्णय पछि गरिनेछ ।’

zaयसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविरामका लागि सहमत भएको बताएका थिए । उनले दुवै देश १२ दिनको लागि युद्धविराम गर्न सहमत भएको ट्रम्पले बताएका थिए ।

प्रकाशित मिति: Jun 24, 2025

प्रतिक्रिया दिनुहोस्