इरानले पनि सुरु गर्यो ‘अप्रेशन अनेस्ट प्रमिश ३’, इजरायलका १४ शहरमा मिसाइल आक्रमण
काठमाडौँ — इरानले इजरायलको राजधानी तेल अविवस्थित बेन गुरियन एयरपोर्टसहित कैयौं महत्त्वपूर्ण क्षेत्रमा आक्रमण गरेको छ । इरानको सरकारी न्युज एजेन्सी फार्सका अनुसार यस जवाफी कारबाहीको नाम अप्रेशन अनेस्ट प्रमिस ३’ दिइएको छ ।
इरानी सेनाका अनुसार यो आक्रमणमा लामो दूरीका मिसाइलहरुको प्रयोग गरिएको छ । जसमा धेरै शक्तिशाली विष्फोटक पदार्थ राखिएका छन् ।
सेनाका अनुसार हवाई अड्डा, एक बायोलोजिकल रिसर्च सेन्टर, हतियारको केन्द्र र सेनाको कमान्ड क्षेत्रलाई निशाना बनाइएको हो ।
इरानको ब्यालेस्टिक मिसाइल आक्रमणमा इजरायलको मध्ये र उत्तरी क्षेत्रमा २३ जना घाइते भएका छन् ।
टाइम्स अफ इजरायलका अनुसार तेल अविवको इचिलोभ मेडिकल सेन्टरमा पाँच जनालाई गम्भीर अवस्थामा पुर्याइएको छ ।