Logo
७ श्रावण २०८२, मंगलबार
(June 20, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिक सहायता कक्षबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाइने

काठमाडौँ । काठमाडौँ उपात्यकाबाट बाहिरिने लामा तथा मध्यम दुरीका सवारी साधनले १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे जानकारी पाउने भएका छन् ।

नयाँबसपार्क, कलंकी, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तिनपिप्ले र भिमढुंगा गरी १२ वटा स्थानमा स्थापना गरिएका नागरिक सहायता कक्षबाट मनसुन जन्य प्राकृतिक प्रकोप (बाढी–पहिरो)का साथै सडकको अवस्था बारे जानकारी दिइने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जहाँबाट सवारी चालक, परिचालक साथै यात्रुले पनि अपनाउनु पर्ने तयारी र सावधानीका विषयमा जानकारी प्रदान गरिनेछ । यस्तो नागरिक सहायता कक्षको शुक्रबार आयोजित एक कार्यक्रमका बिच उद्घाटन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

राजधानीको गोङ्गबु स्थित नयाँबसपार्कमा आयोजित उक्त समारोहमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वाँर, नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा गोबिन्द थापालगायतको सहभागिता थियो ।

प्रकाशित मिति: Jun 20, 2025

प्रतिक्रिया दिनुहोस्