जनता समाजवादी पार्टीको सङ्घीय परिषद्को बैठक काठमाडौंमा सुरु
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को सङ्घीय परिषद्को बैठक सुरु भएको छ । शुक्रबारदेखि ललितपुरमा सुरु भएको बैठक शनिबार सम्म चल्नेछ ।
बैठकमा जसपा सङ्घीय परिषद्का संयोजक राजेन्द्र श्रेष्ठले ‘समाजवादको नेपाली बाटो : सङ्घीय समाजवादी पार्टी नीति तथा कार्यक्रम’ सम्बन्धी राजनीति प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सो प्रस्तावमाथि परिषद्का सदस्यहरूले आ-आफ्नो धारणा राख्ने बताइएको छ । सङ्घीय परिषद् ४१३ सदस्यीय रहेको छ ।
२०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएर अशोक राईले जसपा गठन गरेका थिए । नयाँ पार्टी बनेपछि जसपाको यो पहिलो सङ्घीय परिषद् बैठक हो ।