Logo
६ श्रावण २०८२, सोमबार
(June 20, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहुदरमाईका प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव अख्तियारको नियन्त्रणमा

काठमाडौं, ६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई पक्राउ गरेको छ ।

अख्तियारले आज (शुक्रबार) विहान प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई भ्रष्टाचार आरोपमा पक्राउ गरेको हो । आयोगको काठमाडौंको टोलीले प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई पक्राउ गरेको बताइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवमाथि पोखरिया र बहुदरमाई नगरपालिकाका विभिन्न योजना र ठेक्का प्रक्रियामा अनियमितता गरी गैरकानुनी लाभ लिएको आरोप छ ।

प्रकाशित मिति: Jun 20, 2025

प्रतिक्रिया दिनुहोस्