Logo
६ श्रावण २०८२, सोमबार
(June 20, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा छोडेर बाहिरिए राप्रपासँगै रास्वपाका सांसद

प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट विपक्षी दल राप्रपासँगै रास्वपा पनि बाहिरिएको छ । आजको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरू आ–आफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले उनीहरूलाई बस्न आग्रह गरे पनि उनीहरू मानेनन् । सभामुख घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची हटाए पनि मन्त्रालयगत बजेटमाथिको छलफल भने जारी राखेका थिए ।

त्यसपछि राप्रपा र रास्वपा सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् । ‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रा केही कुरा सुनाउन चाहन्थ्यौँ तर उहाँले त्यो कुरा सुन्न चाहनु भएन । बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘तसर्थ हामीले, आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौँ ।’

यसअघिको बैठकमा रास्वपाले वेल घेराउ गर्दै आएको थियो ।

प्रकाशित मिति: Jun 20, 2025

प्रतिक्रिया दिनुहोस्