Logo
६ श्रावण २०८२, सोमबार
(June 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सङ्घीय सांसद मेटमणि चौधरी विरुद्ध बैङ्किङ कसुरमा जाहेरी

बुटवल । सङ्घीय सांसद मेटमणि चौधरी विरुद्ध बैङ्किङ कसुरमा जाहेरी परेको छ । दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले हुलाक मार्फतबाट सांसद चौधरीविरुद्ध चेक अनादरमा जाहेरी आएको  बताए ।  उनले भने, ‘हुलाकबाट जाहेरी आएको हो तर त्यो  भेरिफाई  गर्न बाँकी छ, सांसद चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरको जाहेरी परेको हो ।’

उनी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) उपमहासचिव समेत हुन् । उनी प्रतिनिधिसभा निर्वाचन, २०७९ मा दाङ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । प्रहरीले कहाँबाट  कसले उजुरी  हालेको भन्ने विस्तृत विवरण  खुलाएको छैन ।

प्रकाशित मिति: Jun 19, 2025

प्रतिक्रिया दिनुहोस्