Logo
७ श्रावण २०८२, मंगलबार
(June 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिजिट भिसा प्रकरणमा : संसदमा थप सशक्त भएर प्रस्तुत हुने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा थप सशक्त भएर संसदमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको रास्वपाको सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा संसदमा सशक्त भएर प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएको हो । बैठकले पार्टीको आन्तरिक जीवनदेखि संसदसम्मको निर्णय गरेको छ ।

त्यस्तै, रास्वपाले विभिन्न विभागमा मनोनयन तथा जिम्मेवारी हेरफेर गरेको छ । नीति तथा विचार विभाग प्रमुख स्वर्णिम वाग्ले र उपप्रमुख सन्तोष परियार, कृषि विभाग प्रमुख राजन गौतम र ऊर्जा तथा जलस्रोत विभाग संयोजकको जिम्मेवारी श्रीराम न्यौपानेलाई दिइएको छ ।

503201085_752520047131276_941268451530850559_n-1750314530.jpg

प्रकाशित मिति: Jun 19, 2025

प्रतिक्रिया दिनुहोस्