रास्वपाले ‘सहकार्य–संवाद’ कार्यदल गठन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूलाई समेट्ने भएको छ ।
त्यसका लागि सो पार्टीले त्यस्ता समूहलाई एउटै धागोमा बाँध्न रास्वपाले नेतृत्व लिने र ‘सहकार्य–संवाद’ कार्यदल गठन गर्ने भएको छ ।
बुधबार बसेको सचिवालय बैठकले सहकार्य संवाद कार्यदल गठन गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।