Logo
११ असार २०८२, बुधबार
(June 17, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायली आक्रमणमा इरानका नवनियुक्त सेना कमान्डरको मृत्यु

काठमाडौं । इजरायलले इरानी युद्धकालीन सेना कमान्डर अली सादमानी मारेको दाबी गरेको छ ।

अली सादमानीलाई केही दिनअघि हमलामा मारिएको सेना प्रमुखको ठाउँमा नियुक्त गरिएको सीएनएनले जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले एक विज्ञप्तिमार्फत सटिक गुप्तचर जानकारी र गए राति ‘अचानक’ पाएको अवसरपछि इजरायली वायुसेना (आईएएफ)ले तेहरानको केन्द्रमा रहेको एक कमान्ड सेन्टरमा हमला गरेर उनलाई मारेको दाबी गरेको छ ।

इजरायलको दाबीमा इरानले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

इजरायलले पहिलो हमलामा सादमानीका पूर्ववर्ती लेफ्टिनेन्ट जनरल गोलाम अली रसिदसहित इरानका धेरै शीर्ष कमान्डर मारेको थियो ।

रसिद मारिएपछि शुक्रबारदेखि सादमानीले उनको भूमिका सम्हालेका थिए ।

रसिद र सादमानीले खातम अल–अन्बिया केन्द्रीय कमान्डको नेतृत्व गरेका थिए । जसले नियमित सेना र इरानी क्रान्तिकारी गार्डबीच समन्वय गर्छ ।

आईडीएफको बयानमा भनिएको छ, “आफ्ना विभिन्न भूमिकामा (सादमानी)ले इजरायललाई निसाना बनाउने इरानी योजनाहरूमा प्रत्यक्ष प्रभाव पारेका थिए ।”

प्रकाशित मिति: Jun 17, 2025

प्रतिक्रिया दिनुहोस्