Logo
११ असार २०८२, बुधबार
(June 17, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अधिकृत सरोज गुरागाईंविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता

३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित प्रहरी प्रमुख राजुनाथ पाण्डे अदालत गएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध पाण्डेले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका हुन् ।

पाण्डेले भने यसबारे आफूले कुनै प्रतिक्रिया नदिने भने ।

तर, अदालत स्रोतले दिएको जानकारी अनुसार, पाण्डेले दिएको निवेदन आजै दर्ता भएको छ ।

पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले उच्चमा रिट निवेदन दिएका हुन् ।

उनीहरूलाई भोलि छलफलका लागि बोलाइएको छ ।

प्रकाशित मिति: Jun 17, 2025

प्रतिक्रिया दिनुहोस्