Logo
१३ असार २०८२, शुक्रबार
(June 17, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी प्रतिपक्षी दल भएपनि सत्तापक्षको भूमिका खेल्नुपरेको : पूर्व प्रधानमन्त्री

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले माओवादी प्रतिपक्षी दल भएपनि सत्तापक्षको जस्तै भूमिका खेल्नुपरेको बताएका छन् । भिजिट भिसा प्रकरणमा सदन अवरोध हटाएर बजेटमाथिको छलफल सुरु गर्न लिएको भूमिकालाई लिएर उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

चितवनको शिवनगरमा रहेको आफ्नो निवासमा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । उनले अहिले माओवादीलाई सत्तापक्ष र प्रतिपक्षी दुवै भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको सुनाए । दाहालले भिजिट भिसा प्रकराण जारी सदनको अवरोध हटाउनको लागि माओवादीले गम्भीरतापूर्वक कदम चालेको दाबी गरे । तर, बाहिर भने माओवादीले उधारो सहमति गरेको र सत्तापक्षसँग लतारिएको भनेर सर्वत्र आलोचना भैरहेको छ । यस विषयमा प्रचण्डले भने आफ्नो पार्टीले लिएको निर्णयको खुलेर बचाउ गरेका छन् ।

उनले भने,‘यो रूपले हेरियो भने प्रचण्डले अहिले चालेको कदम गम्भीर र जिम्मेवारपूर्ण रहेछ र देशलाई दुर्घटनाबाट बचाउने उद्धेश्यबाट प्रेरित छ भनेर बुझ्न हुँदैन। तर प्रचण्ड झुक्यो भन्ने ढंगले हेरियो भने गहिराइ बुझ्न सकिँदैन, सत्तापक्षलाई राजावादी नै आए पनि धेरै टेन्सन भएको देखिँदैन। राजावादी आउँछन् भने पनि अहिलेको सरकारको नेतृत्वलाई टेन्सन भएको कहिँ कतै देखिँदैन।’

प्रकाशित मिति: Jun 17, 2025

प्रतिक्रिया दिनुहोस्