कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना, ९ वर्षीया छात्राको मृत्यु
काठमाडौँ । काठमाडौँको कलंकीस्थित इडिफाई इन्टरनेशल स्कुल कम्पाउन्ड भित्र ईभी भ्यान दुर्घटना भएको छ । पार्किङबाट बाहिर निस्कँदै गर्दा भ्यान दुर्घटना भएर कक्षा ४ मा अध्ययनरत ९ वर्षीया सोनाक्षी यादवको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए । उनको उपचारको क्रममा सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
भ्यान स्कुलको गेट र पर्खालमा ठोक्किँदा ७ जना घाइते भएका छन् । घाइते हुनेमा चालक ६० वर्षीय हर्कबहादुर खत्री, शिक्षक सुरज पोखरेल, विद्यार्थीहरू निकिशा डंगोल, ट्रिनिक्षा घर्तीमगर, सिम्रन खड्का, नौसिया थापा र ८ वर्षीया रेश्मा मोक्तान छन् ।