Logo
९ असार २०८२, सोमबार
(June 15, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद्‌मा रास्वपा र राप्रपाको नाराबाजी

काठमाडौँ । प्रतिनिधि सभाको  बैठकमा विपक्षी दलहरूले सुरुदेखि विरोध जनाएका छन् । सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उठेर विरोध जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि दुवै पार्टीका सांसदहरूले बेल घेरेर विरोध सुरु गरेका छन् ।

सांसदहरूलाई बोल्न समय दिइरहँदा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी जारी राखेका छन् ।

प्रकाशित मिति: Jun 15, 2025

प्रतिक्रिया दिनुहोस्