Logo
१२ असार २०८२, बिहीबार
(June 15, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ऊनको स्वीटर’का सबै गीतले युट्युबमा करोड भ्यूज नाघे

काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’लाई बक्सअफिस सफलतासँगै युट्युबमा पनि सांगीतिक सफलता मिलेको छ । यो फिल्मको प्रवर्धनदेखि ‘वर्ड अफ माउथ’मा संगीतले मद्दत गरेको अनुमान छ ।

यस्तोमा, यो फिल्मका सबै गीतलाई युट्युबमा करोडभन्दा धेरै पटक हेरिएको छ । पछिल्लो समय चलेको ‘चाइनेजो जिन्दगानीमा’मा बोलको गीतलाई करोड पटक हेरिएपछि फिल्मका सबै गीतलाई उक्त उपलब्धि मिलेको हो ।

यो समाचार तयार पार्दासम्म ’फूलहरू मुस्काउँछन्’ २ करोड १० लाख भ्यूज, ‘मखमली’ १ करोड ३० लाख, भ्यूज, ‘काफ्ले’ १ करोड ३० लाख भ्यूज र ’चाइनेजो जिन्दगानीमा’ले १ करोडभन्दा धेरै भ्यूज पाएका छन् ।

यो सफलताप्रति निर्माता कम्पनी आर्टमाण्डुले दर्शकलाई विज्ञप्तिमार्फत धन्यवाद दिएको छ । ‘हामी हजुर दर्शक श्रोताप्रति कृतज्ञ छौँ’ आर्टमाण्डु परिवारले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

यो सफलताले आगामी दिनका लागि थप सकारात्मक दबाब र चुनौती थपेको पनि आर्टमाण्डु परिवारले जनाएको छ । यो फिल्म सन् २०८२ सालको अहिलेसम्म धेरै कमाउने घरेलु फिल्म बनेको छ ।

यो फिल्म अहिलेसम्म पनि नेपालसहित अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वमा प्रदर्शन भैरहेको छ । फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सनविक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेलको अभिनय छ ।

प्रकाशित मिति: Jun 15, 2025

प्रतिक्रिया दिनुहोस्