प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्न सभामुख र प्रमुख सचेतकहरूबिच छलफल
काठमाडौँ । प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूबिच छलफल सुरु भएको छ ।
सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा दलका प्रमुख सचेतक र सभामुखबिच छलफल भएको हो ।
बैठकमा मुख्यतया संसद्को अवरोध खुलाउने र आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका लागि नयाँ कार्यतालिका (क्यालेन्डर) बनाउने विषयमा छलफल भइरहेको बताइएको छ ।
गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने मागसहित रास्वपा र राप्रपाले प्रतिनिधिसभा अवरोध गर्दै आएका छन् ।