‘हाउसफूल ५’ नेपाली बक्सअफिसमा सर्वाधिक कमाउने विदेशी फिल्म
काठमाडौं । बलिउड फिल्म ‘हाउसफूल ५’ सन् २०२५ मा नेपाली बक्सअफिसमा अहिलेसम्म सर्वाधिक कमाउने विदेशी फिल्म बनेको छ ।
विहिबारसम्म सरकारको आधिकारिक बक्सअफिसमा यो फिल्मको कमाइ ३ करोड नाघेको छ ।
सन् २०२४ मा नेपाली बक्सअफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा भारतीय फिल्म ‘पुष्पा २’ थियो । यो फिल्मले २६ करोड ४४ लाख रुपैयाँ कमाएको थियो ।
अघिल्लो वर्ष ‘कल्की’ले नेपालमा १२ करोड ५७ लाख, ‘स्त्री २’ले ८ करोड ११ लाख नेरु कमाएका थिए ।
सन् २०२५ मा रिलिज भएको टम क्रुज स्टारर हलिउड फिल्म ‘मिसन इम्पोसबल ८’ले अहिलेसम्म नेपाली बक्सअफिसमा १ करोड नेरुभन्दा कम कमाइ गरेको देखिएको छ ।