Logo
१२ असार २०८२, बिहीबार
(June 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्रबार काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री

काभ्रेपलाञ्चोक। प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने  बताएका छन् । शुक्रबार काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको ज्ञानलाई व्यवहारमा उतार्दै आइपरेका नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न विद्यार्थीहरुलाई आग्रह गरे ।

ओलीले अब नेपालको परिचय ‘बहादुर’ मात्र नभई ‘इमान्दार, मेहनती र शालिन व्यक्तिको देश’ भनी स्थापित गराउनुपर्नेमा जोड दिँदै सीपयुक्त जनशक्तिले अनुसन्धान र नवप्रवर्तनमा लागेर देशको सेवा गर्नुपर्ने आग्रह गरे ।

नेपाल कहिल्यै कुनै मुलुकको अधीनस्थ नरहेको र कहिल्यै नरहने बताउँदै उनले नेपाल सानो राष्ट्र भए पनि स्वाधीनताका साथ बसेको स्पष्ट पारे ।

उनले इतिहासका तथ्यहरूले पहिले देखि नै नेपालमा ‘रिसर्चर’ भएको देखिएको उल्लेख गर्दै तुलसी, बरपीपललगायत जस्ता वनस्पतिको महत्त्व पूर्खाले नै पत्ता लगाएको बताए ।

प्रकाशित मिति: Jun 13, 2025

प्रतिक्रिया दिनुहोस्