Logo
१० असार २०८२, मंगलबार
(June 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनेरास्ववियुको २०१ सदस्यीय निर्वाचित केन्द्रीय कमिटी

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको गएराति सम्पन्न मतगणनामा प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै सुजन कडरिया अध्यक्ष निर्वाचित भएका छन्। डा कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले ७२५ मत मात्र पाए ।

अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा डा कडरिया र पौडेलले प्यानल सहित प्रतिस्पर्धा गरेका थिए । पदाधिकारीमा पनि अधिकांश कडरिया प्यानलकै निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी र खुलातर्फ विकास श्रेष्ठ निर्वाचित हुँदा महासचिवमा दीपक धामी निर्वाचित बने ।

उपमहासचिवमा कमल जोशी पौडेल प्यानलबाट निर्वाचित भए । चार सचिव पदमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र सबिमबाबु खान निर्वाचित हुँदा निर्वाचन आयोगको अध्यक्षमा जितप्रसाद सिटौला निर्वाचित भए भने आयोगको उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली निर्वाचित भएका छन् ।

त्यसैगरी लेखा आयोग अध्यक्षमा अञ्जली लम्साल निर्वाचित भइन् । उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत निर्वाचित भए। अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे र उपाध्यक्षमा आकाश गिरी निर्वाचित भए भने सचिवमा स्मृति अधिकारी निर्वाचित भएकी छन् ।

निर्वाचनमार्फत अनेरास्ववियुको १५१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको छ, भने आयोगका अध्यक्ष र पदाधिकारी पनि निर्वाचित भएका छन् ।

प्रकाशित मिति: Jun 13, 2025

प्रतिक्रिया दिनुहोस्