Logo
१३ असार २०८२, शुक्रबार
(June 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने

३० जेठ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ गतेसम्म रातिको समयमा बन्द हुने भएको छ । जेठ ३० गतेदेखि राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन बन्द हुने भएको हो ।

मलेखु–मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकाले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।

डीएसपी हमालका अनुसार निर्माणाधीन ऊक्त क्षेत्रमा आरसीसी बिम राख्नका लागि ठूलो साइजको त्रेन प्रयोग गर्नुपर्ने भएकाले सवारीसाधन बन्द गर्नुपरेको हो ।

सूचना अनुसार मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मुग्लिन र हलुका सवारी साधनहरू कुरिनटारमा रोकिने छ ।

यसैगरी मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मलेखु र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिने छ ।

ती स्थानमा रोकिने सवारी साधनलाई बिहान ३ बजेपछि मात्रै छोडिने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना–

प्रकाशित मिति: Jun 13, 2025

प्रतिक्रिया दिनुहोस्