Logo
१२ असार २०८२, बिहीबार
(June 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्यमा एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँको भारी वृद्धि

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँको भारी वृद्धि भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Jun 13, 2025

प्रतिक्रिया दिनुहोस्