प्रतिनिधिसभा बैठक साढे ५ बजेका लागि सारियो
प्रतिनिधिसभा बैठक साढे ५ बजेका लागि सारिएको छ ।
बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधसभा बैठक साढे ५ बजेका लागि सारिएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गर्दै विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन् ।
विपक्षी दलहरूको अवरोधका कारण १३ जेठयता लगातार संसद बैठक चल्न सकेको छैन । संसदको अवरोध हटाउने विषयमा सत्ता पक्ष र विपक्षी दलहरूबीच संसद भवन नयाँबानेश्वमार छलफल चलिरहेको छ ।
सत्ता र विपक्षी दल छलफलमा रहेकाले बैठकको समय सारिएको सभामुखको सचिवालयले जनाएको छ ।।