Logo
१३ असार २०८२, शुक्रबार
(June 12, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहमदाबाद विमान दुर्घटना: विमान ठोकिएको भवनमा थिए जहाँ ५० देखि ६० इन्टर्न डाक्टरहरु

अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाका क्रममा ठोकिएको भवनमा पनि ठूलो मानवीय क्षति भएको हुन सक्ने आशंका गरिएको छ।

एयर इन्डियाको बोइङ-७८७ विमान उडान भरेको केही समयमै खस्न पुग्दा एक भवनमा ठोकिएको थियो। जहाँ ५० देखि ६० इन्टर्न डाक्टरहरु रहेका थिए र उनीहरु पनि मारिएको हुन सक्ने आशंका गरिएको छ। योसँगै टाँसिएको अर्को भवनमा भने रजिडेन्ट डक्टरहरु रहने गरेका थिए।

पायलटले दुर्घटनाको अन्तिम केही सेक्न्डमा ‘मे डे’ कल गरेको जनाइएको छ। यो एक आपतकालीन कलका रुपमा लिइन्छ। जुन पायलटले आपतकालीन अवस्थामा यी शब्दहरु उचारण गर्ने गर्छन्। यो एक फ्रेन्च शब्द हो यसको अर्थ ‘सहयोग गर्नुहोस्’ हुन्छ। यसलाई तीन पटक दोहोर्‍याउने गरिन्छ।

विमानमा १० जना चालक दलका सदस्यसहित २ सय ४२ यात्रु सवार थिए। जसमा १ सय ६९ जना भारतीय नागरिक सवार थिए भने ५३ ब्रिटिस नागरिक रहेका थिए। त्यस्तै, ७ जना पोर्चुगिज र १ जना क्यानेडियन नागरिक रहेको एयर इन्डियाले जनाएको छ।

दुर्घटनाग्रस्त इलाकाबाट अहिले पनि उद्धार कार्य जारी रहेको छ। पछिल्लो विवरणअनुसार करिब १०० जनाको शव निकालिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा एक पोस्ट गर्दै दुर्घटनाले स्तब्ध बनेको बताएका छन्। उनले भनेका छन्, ‘अहमदाबादमा भएको यो दुर्घटनाले हामी सबैलाई स्तब्ध र दुःखी बनाएको छ। यो अत्यन्तै हृदयविदारक छ। यो दुःखद् घडीमा मेरो समवेदना सबै प्रभावितहरूप्रति छ।’

उनले प्रभावितहरूलाई सहायता गर्न खटिएका मन्त्रीहरूसँग र सम्बन्धित निकायहरूसँग सम्पर्कमा रहेको बताएका छन्।

प्रकाशित मिति: Jun 12, 2025

प्रतिक्रिया दिनुहोस्