अनेरास्ववियुको मतदान समय ३ घण्टा थप
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको महाधिवेशन अन्तर्गत जारी मतदानको समय ३ घण्टा थप गरिएको छ ।
बिहीबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको मतदानको समय बेलुका ७ बजेसम्म थप गरिएको प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाले जनाएका छन् ।
अनेरास्ववियुको २४ औँ महाधिवेशन जेठ २५ गतेदेखि काठमाडौँको कीर्तिपुरमा जारी छ ।