Logo
१३ असार २०८२, शुक्रबार
(June 12, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको एयर इण्डियाको विमान दुर्घटनाग्रस्त (तस्वीरहरू)

२९ जेठ,काठमाडौं । भारतको गुजरात राज्यस्थित अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनाग्रस्त विमान चिकित्सहरू बस्‍ने आवासमाथि खसेको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।
विमानमा १२ जना चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए । जसमा ५२ जना बेलायती नागरिक र एक जना क्यानडेली नागरिक रहेको पुष्टि भएको भारतीय सञ्‍चार माध्यमहरूले उल्लेख गरेको छ ।

यस्तै पोर्चुगलका ६ जना नागरिक रहेको समेत भारतीय सञ्‍चारमाध्यले जनाएको छ ।
भारतीय मिडियाहरूका दुर्घटनाग्रस्त विमानबाट एक सय शव निकालेको दाबी गरेका छन् ।

भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।

 

 

प्रकाशित मिति: Jun 12, 2025

प्रतिक्रिया दिनुहोस्