Logo
१० असार २०८२, मंगलबार
(June 12, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादी नाङ्गिने : डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले २०८४ को निर्वाचन उथलपुथल हुने दाबी गरेका छन् । बिहीबार काठमाडौँमा भएको पत्रकार सम्मेलनमा भट्टराईले कांग्रेस, एमाले र माओवादीबिच भएको खुट्टा तानातानका कारण झन् नाङ्गिएर जाने दाबी गरेका हुन् ।

‘आगामी वर्ष उथलपुथलको वर्ष हुने नै छन् । पुराना दलहरू आ–आफ्ना खुट्टा तानातान गरेका छन् । पोल खोलाखोल गरिराखेका छन् । आगामी दिनमा त्यो झन् बढ्दै जानेछ । मुख्य तीन दलका तीन नेताहरूको चर्तिकला झन् बढी नाङ्गिने छ । त्यसअर्थमा यो वृहत् नयाँ वैकल्पिक शक्तिहरू ध्रुवीकरणको प्रक्रिया पनि आगामी दिनमा अगाडि बढेर जान्छ भन्ने मेरो विश्वास छ’, उनले भने ।

प्रकाशित मिति: Jun 12, 2025

प्रतिक्रिया दिनुहोस्