विपक्षीलाई एमालेको जवाफ- रास्वपाको ५ बुँदे प्रस्तावमा छलफल नै हुँदैन
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका सचिव योगेश भट्टराईले भिजिट भिसा प्रकरणमा रास्वपाले पठाएको पाँच बुँदे प्रस्तावमा छलफल नै हुन नसक्ने बताएका छन् ।
संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भोलिसम्म पनि अवरुद्ध रहे आफ्नो नियमावलीअनुसार संसद चल्ने बताए ।