Logo
११ असार २०८२, बुधबार
(June 11, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २८ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक) प्रदीप परियारलगायत ७ जनाउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ ।

अख्तियारको आरोपपत्रमा ४ करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको भनिएको छ । अख्तियारले परियारसहित रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाललाई प्रतिवादी बनाएको छ ।

प्रकाशित मिति: Jun 11, 2025

प्रतिक्रिया दिनुहोस्