Logo
१४ असार २०८२, शनिबार
(June 11, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रास्वपाले पेस गरेको ५ बुँदे प्रस्तावबारे छलफल गर्न विपक्षी दलको बैठक

२८ जेठ, काठमाडौं । प्रतिपक्षी दलहरुको बैठक जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_ ले सहमतिका लागि प्रस्तुत गरेको पाँच बुँदे प्रस्तावबारे छलफल गर्न विपक्षी दलहरु बैठक बसेका हुन् ।

बैठक नयाँ बानेश्वरमा जारी छ । रास्वपाले संसदको अवरोध खोल्नका लागि नेपाली कांग्रेससमक्ष यसअघि सोमबार पाँच बुँदे प्रस्ताव पेस गरेको थियो ।

रास्वपाको प्रस्तावमा साझा धारणा बनाउने गरी छलफल भइरहेको विपक्षी दलका नेताहरुले बताएका छन् ।

बैठकमा विपक्षी दलका नेताहरु वर्षमान पुन, हितराज पाण्डे, सन्तोष परियार,  राजेन्द्र पाण्डे, प्रभु साहलगायत सहभागी छन् ।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद बैठक  अवरोध गर्दै आएका छन् ।

सभामुखले पटक-पटक दलहरुलाई छलफल गराए पनि निकास निस्किएको छैन ।

प्रकाशित मिति: Jun 11, 2025

प्रतिक्रिया दिनुहोस्