Logo
११ असार २०८२, बुधबार
(June 11, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीनकुने घटना: घाइते रेविकालाई राजावादीहरूले गरे आठ लाख सहयोग

१५ चैतको तीनकुनेमा भएको प्रदर्शनमा गोली लागेर घाइते भएकी विद्यार्थी रेविका खत्रीलाई राजावादीहरूले आर्थिक सहयोग गरेका छन् ।

बुधबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरू डा. प्रकाशचन्द्र लोहनी र हरिबहादुर बस्नेतले खत्रीलाई उपचारका लागि आठ लाख ३९ हजार ४ सय रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

उक्त रकम खत्रीको उपचारका लागि रमेशराज बाँस्तोलाको संयोजनमा पोर्चुगलबाट नेपाल पठाइएको हो । गोली लागेर घाइते भएकी खत्री महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत छिन् ।

प्रकाशित मिति: Jun 11, 2025

प्रतिक्रिया दिनुहोस्