Logo
१२ असार २०८२, बिहीबार
(June 11, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमानको कुटपिटबाट अनुहारका सबै हड्डी भाँचिए, कोशीमा सफल भयो शल्यक्रिया

विराटनगर । अर्काको घरमा काम गरेर परिवार पाल्दै आएकी सुनसरी भोक्रा नरसिंह गाउँपालिका–७ निवासी ३० वर्षीया महिला आफ्नै श्रीमान्को कुटपिटबाट गम्भीर घाईते भएपछि कोशी अस्पतालमा उपचारत छिन् । उनलाई गत जेठ ४ गते छिमेकीले अस्पताल भर्ना गरेका हुन् ।

गम्भीर घाईते भएकी उनको अनुहारको हड्डी भाँचिएको छ । अनुहारका हड्डीको शल्याक्रियापछि उनी क्रमशः स्वास्थ्यलाभ लिदैंछिन् । शल्याक्रियामा संलग्न चिकित्सकका अनुसार स्वास्थ्यमा क्रमशः सुधार हुँदै आएको छ ।
कोशि अस्पतालका डा. सुधीर श्रेष्ठका अनुसार उक्त महिलाको अनुहारको सबै हड्डि भाँचिएको अवस्थामा अस्पताल भर्ना गरिएको थियो । कोशि अस्पतालमा यस किसिमको शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर श्रेष्ठको भनाई छ । गम्भीर समस्या देखिएपछि शल्याक्रियामा डा. सुधीर श्रेष्ठ, डा.बन्धना खनाल, डा. बिवेक कुमार महत्तो, डा. जितेन्द्र मन्डल लगायतको समुह संलग्न भएको हो ।

घरेलु हिंसा पीडितका लागि ओसिएमसीले सहजीकरण गरेर निःशुल्क उपचार भईरहेको छ । डा. श्रेष्ठका अनुसार यस प्रकारको शल्यक्रिया निजी अस्पतालमा गर्दा लगभग ६ लाख खर्च हुन्छ तर कोशि अस्पतालमा भने २ लाखसम्ममा शल्यक्रिया सम्पन्न हुन्छ । घरेलु हिंसामा परेकी महिलाको ओसिएमसीको सहयोगमा निःशुल्क उपचार भईरहेको छ ।

कोशी अस्पताल ओसिएमसीमा कार्यरत अनिता राउतका अनुसार पीडित महिलाको परिवारमा दुई छोरा छन् । त्यहिपनि जेठो छोरा दशवर्षको मात्रै छन् । श्रीमानले कुटपिट गरेर सख्खत घाईते बनाएपछि उनलाई छिमेकीले अस्पतालसम्म ल्याएका हुन् । अहिले अस्पतालमा उनको साथमा १० वर्षका छोरा कुरुवाको रुपमा छन् । उनको माईतीमा आमा बुबा छैनन् । कुरुवा रहेका दशवर्षका पीडितका छोराका अनुसार आमा अर्काको जन गरेर परिवार पाल्ने सहारा भएपनि बाबुबाट पीडित हुनु परिरहेको छ । बुबाले काम नगर्ने आमाले मात्रै काम गरेर परिवार पाल्नु परेपछि झगडा गरिरहने गर्दै आएका हुन् ।

गत जेठ ४ गते घरमा कोहि पनि थिएनन् । विहान अन्दाजी ४ बजे उनी घरमा आउँदा आमालाई ढोकामा रगतले रतपत भएको अवस्थामा भेटेका थिए । त्यसपछि छिमेकीलाई बोलाएर अस्पतालसम्म ल्याइएको थियो । कोशीमा उनलाई भर्ना गरेपछि ओसिएमसीकै रिपोर्टका आधारमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । अहिले ओसिएमसीले उपचार सहयतादेखि कानुनी उपचारमा समेत सहयोग गरिरहेको राउतले बताइन् ।

प्रकाशित मिति: Jun 11, 2025

प्रतिक्रिया दिनुहोस्