नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १३ सयले बढ्यो सुन
नेपाली उपभोक्ताले एक तोला पहेँलो धातु (सुन) को १ लाख ९१ हजार ३०० तिर्नु पर्ने भएको छ ।
आज सुन तोलामा १ हजार ३०० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १३ सय रुपैयाँले बढेको सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको हो। मंगलबार एक तोला सुनको मूल्य १ लाख ९० हजारमा कारोबार भएको थियो।
महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य स्थिर छ। अघिल्लो दिन तोलाको २१ सय ६५ रुपैयाँ पुगेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।