Logo
१३ असार २०८२, शुक्रबार
(June 11, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज कविर जयन्तीको अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा

जनकपुर । मधेस प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । कविर जयन्तीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको गृह, सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ ।

गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेस प्रदेशले चैत २२ गते प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचना अनुसार आज बिदा घोषणा गरिएको जानकारी दिएको छ ।

गृह मन्त्रालयका उप-सचिव गणेश नायकद्वारा हस्ताक्षरित सूचनामा प्रदेशभरका सबै निकाय र संस्थाहरूलाई यो निर्णय कार्यान्वयन गर्न भनिएको छ।

madesh

प्रकाशित मिति: Jun 11, 2025

प्रतिक्रिया दिनुहोस्