Logo
१२ असार २०८२, बिहीबार
(June 11, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापामा तीन जना मृत फेला

झापा । झापाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँ बस्तीमा शव भेटिएका हुन् ।

अर्जुनधारा–४मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड–२ फूलबारी टोलका  ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँ बस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेकाे जनाइएको छ ।

तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

प्रकाशित मिति: Jun 11, 2025

प्रतिक्रिया दिनुहोस्