Logo
१४ असार २०८२, शनिबार
(June 10, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमुख अतिथिलाई भाषण छोट्याउन आग्रह गरिएपछि रिसाए प्रधानमन्त्री ओली

जनकपुरधाम – राजर्षि जनक विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथिलाई मन्तव्य छोट्याउन आग्रह गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएका छन्।

मंगलबार विश्वविद्यालयको पहिलो दीक्षान्त सामारोहमा प्रमुख अतिथिको रुपमा प्राध्यापक डा. राजेन्द्र विमल बोलिरहेका बेला आयोजकले मन्तव्य छोट्याउन भनेका थिए। आयोजकको उक्त व्यवहारप्रति प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका हुन्।

प्रमुख अतिथिका हरेक वाणी महत्वपूर्ण हुने भन्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भाषण सिध्याउन भन्न नहुने बताए।

उनले भने, ‘प्रमुख अतिथिले आफै बुझ्छन् तर प्रमुख अतिथिलाई समयबारे आफ्नो भाषण सिध्याउनुस् छोट्यासनुस् भनिँदैन। प्रमुख अतिथिको हरेक वाणी महत्वपूर्ण हुन्छ। त्यसकै लागि उहाँलाई बोलाइएको हुन्छ।’

प्रकाशित मिति: Jun 10, 2025

प्रतिक्रिया दिनुहोस्