Logo
१४ असार २०८२, शनिबार
(June 10, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा फिल्म ‘महाभोज’को प्रिमियर, दर्शकहरुद्धारा प्रशंसा तथा आक्रोश व्यक्त

पोखरा । दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’लाई पोखरामा प्रिमियर गरिएको छ । काठमाडौंपछि पर्यटकीय राजधानी पोखरामा यो सोसल ड्रामा फिल्मको प्रिमियर गरिएको हो ।

प्रिमियरमा प्रमुख कलाकार आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक राउत, निर्माता हिमाल कडरिया लगायत सहभागी थिए ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, केही सहकारी पीडित, विभिन्न क्षेत्रका व्यक्तित्व र संचारकर्मीले दर्शकको रुपमा फिल्म हेरे ।

फिल्म हेरेपछि दर्शकले कथा, वाचन शैली र कलाकारको अभिनयको प्रशंसा गरे । प्रशंसासँगै दर्शकमा एक प्रकारको आक्रोश पनि देखिएको थियो । यो आक्रोश सहकारी अपचलनतर्फ लक्षित थियो ।

केही दर्शकले कसैको दबाबमा फिल्मका दृश्य काँटछाँट भएमा त्यसो गर्नेको विरुद्धमा आफूहरू उभिने चेतावनीसमेत दिए । ‘महाभोज’ले सहकारी पीडितको कथालाई विस्तृतमा प्रस्तुत गरेको प्रतिक्रिया काठमाडौंमा केही दिनअघि आयोजित प्रिभ्यु शोबाट पनि प्राप्त भएको थियो, जहाँ दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए

यो फिल्म आगामी शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । बुटवल, विराटनगर र धरानमा पनि प्रिमियर समारोह आयोजना हुने जनाइएको छ ।

प्रकाशित मिति: Jun 10, 2025

प्रतिक्रिया दिनुहोस्