Logo
१३ असार २०८२, शुक्रबार
(June 9, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा ‘हाउसफूल ५’को कमाइ २ करोड नाघ्यो

काठमाडौं । बलिउड फिल्म ‘हाउसफूल ५’ले नेपालको घरेलु बक्सअफिसमा पहिलो सप्ताहन्त उत्साहजनक कमाइ गरेको छ । शुक्रबार रिलिज भएको फिल्मको ३ दिनसम्मको कमाइ २ करोड नाघेको छ ।

सरकारको आधिकारिक बक्सअफिसमा फिल्मले आइतबारसम्म २ करोड १५ लाख ग्रस कमाएको छ ।

सन् २०२५ मा नेपालमा रिलिज भएकामध्ये पहिलो सप्ताहन्त ‘हाउसफूल ५’को यो कमाइलाई उत्साहजनक मान्नुपर्छ । तर, यो फिल्म अझै लामो समय जान्छ कि जाँदैन प्रश्नहरू बाँकी छन् ।

शुक्रबार र शनिबार फिल्मले देशब्यापी आक्रामक कमाइ गरेको देखिएको थियो । अक्षय कुमार स्टारर यो फिल्म नेपालसहित विश्वभर दुईवटा क्लाइमेक्ससहित प्रदर्शनमा आएको थियो ।

बलिउड ब्यापार विश्लेषक तरण आदर्शका अनुसार यो फिल्मले हिन्दी भाषामा भारतमा ३ दिनमा ९१.८३ करोड भारु कमाएको छ ।

प्रकाशित मिति: Jun 9, 2025

प्रतिक्रिया दिनुहोस्