Logo
१४ असार २०८२, शनिबार
(June 8, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीद्धारा अनेरास्ववियुको २४औँ महाधिवेशन उद्घाटन (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ केन्द्रीय महाधिवेशन सुरू भएको छ ।

कीर्तिपुरमा सुरू भएको महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

महाधिवेशन सुरू भएसँगै नेतृत्वको चर्चा पनि त्यतिकै चलेको छ । पार्टीले ३२ वर्षे उमेर हद लगाएसँगै धेरै विद्यार्थी नेताहरू यो महाधिवेशनपछि अनेरास्ववियुको राजनीतिबाट बाहिरिँदै छन् ।

अध्यक्षका लागि चारजनाको प्रबल दाबेदारी छ । डा. सुजन कडरिया, प्रकाश पौडेल, अञ्जना सिवाकोटी र दिपक धामीले अध्यक्षमा दाबी गरेका छन् । उनीहरूलाई राखेर सर्वसम्मत नेतृत्वको लागि छलफल भइरहेको नेकपा एमाले संगठन विभाग सचिव तथा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेलले बताए ।

भर्खर महाधिवेशन उद्घाटन भएको तथा मनोनयन दर्ता नभइसकेकोले अनौपचारिक छलफल चलिरहेको छ ।

महाधिवेशनबाट ११ जना पदाधिकारीसहित १५१ सदस्यीय कमिटी बन्नेछ ।

प्रकाशित मिति: Jun 8, 2025

प्रतिक्रिया दिनुहोस्