Logo
१४ असार २०८२, शनिबार
(June 8, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिपरको ठक्करबाट ५६ वर्षीय राजकुमार पौडेलको मृत्यु

२५ जेठ, काठमाडौं । टिपरको ठक्करबाट काठमाडौंमा एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पैदलयात्री ५६ वर्षीय राजकुमार पौडेल छन् । उनलाई काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित सडकमा बा. प्र. ०१–००६ ख ५५०८ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Jun 8, 2025

प्रतिक्रिया दिनुहोस्