Logo
१५ असार २०८२, आईतबार
(June 8, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नदीमा डुबेर बेपत्ता भएका गोताखोर सुरज साउदको शव फेला

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर सुरज साउदको शव फेला परेको छ । सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आइतबार बिहान साउदको शव पेला परेको हो ।

कुरिनटारबाट गएका अनुभवी गोताखोर डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट साउदको शव निकालेको हो । साउद नम्बर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए ।

नदीमा शनिबार प्रदेशस्तरीय विपद् पूर्वतयारीका कार्यक्रम गर्ने तय भएपछि अभ्यास गरिरहेका बेला साउद र नम्बर १ श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत हरदेव राजवंशी ब्यारेजको ढोका नम्बर ५५/५६ देखि उत्तरतर्फ पानीको भूमरीमा फसेर बेपत्ता भएका थिए । झापाका राजवंशी र डोटीका साउदले २०८० र ०८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए ।

प्रकाशित मिति: Jun 8, 2025

प्रतिक्रिया दिनुहोस्