Logo
१६ असार २०८२, सोमबार
(June 6, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार मुद्दामा सरकारको कुनै प्रतिशोध साँध्यो भन्नुको कुनै अर्थ छैन : सञ्चार मन्त्री

विराटनगर । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई चलाइएको भ्रष्टाचार मुद्दामा सरकारले प्रतिशोध साँध्यो भन्नुको कुनै अर्थ नभएको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वायत्त निकाय भएको भन्दै मुद्दा चलाउने विषयमा सरकारसँग कुनै साइनो नभएको बताए ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री गुरुङले भने, संविधानले अख्तियार अनुसन्धान आयोगलाई दिएको भूमिका निभाएको हो । यसमा सरकार जोड्नु पर्ने कुनै कारण छैन ।

उनले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हस्तक्षेप गर्ने काम नगरेको बताए । उनले भ्रष्टाचारको फाइल खोल्ने नखोल्ने कारबाही अगाडि बढाउने नबढाउने अयोगको काम भएको बताए ।

अख्तियारले पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनालाई चलाएको मुद्दामा सरकारको कुनै रोल नभएको स्पष्ट पारे ।

उनले प्रतिनिधिसभामा देखिएको अवरोध चाँडै हट्ने बताएका छन् । उनले चालू अधिवेशनबाटै निजामती कर्मचारी ऐन, शिक्षा ऐन जारी हुने जानकारी दिए ।

प्रकाशित मिति: Jun 6, 2025

प्रतिक्रिया दिनुहोस्