अवरुद्ध सदन खुलाउन सभामुख कानूनमन्त्रीसहित सत्तापक्षसँग बेग्लै छलफलमा
काठमाडौं । भिजिट भिसा प्रकरणले अवरुद्ध सदन खुलाउने सभामुख देवराज घिमिरेले निरन्तर प्रयास गरिरहेका छन्। सभामुख घिमिरे अहिले विपक्षी दललाई पर्खिरहेका छन् ।
विपक्षी बैठक अहिले माओवादी दलका नेताको कार्यकक्षमा छलफल जारी छ। गृहमन्त्री रमेश लेखकको राजीनामा, उच्चस्तरीय छानबिन आयोगको माग गर्दै विपक्षीले सदन अवरोध गर्दै आइरहेका छन् ।
माओवादीले आज छानबिन समिति बनाउने प्रतिबद्धता आए गृहमन्त्रीलाई बोल्न दिने संकेत देखाएको छ । अहिले सभामुखसँग उपसभामुख, कानूनमन्त्री, सत्ता पक्षका प्रमुख सचेतकहरू र राप्रपा प्रमुख सचेतक छलफलमा छन् ।