Logo
१९ असार २०८२, बिहीबार
(June 5, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अग्नि सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार : शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले माओवादी केन्द्र संसद् खोल्न तयार भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खोल्न माओवादी तयार भएको देखिन्छ  । गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबिच भेटघाट, भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने । सरकारले माओवादी नेताहरू अग्नि सापकोटा र सांसद सूर्यमान दोङलाई पक्राउ नगर्ने, गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओवादी ।

शाहीले यसलाई शक्ति र सत्ता कति शक्तिशाली हुन्छ भन्ने उदाहरण भएको उल्लेख गरेका छन् ।  यस लाई लक्षित गर्दै उनले अवस्था सुधार्न व्यवस्था सुधार गर्नै पर्ने जिकिर गरेका छन् ।

प्रकाशित मिति: Jun 5, 2025

प्रतिक्रिया दिनुहोस्