Logo
१० असार २०८२, मंगलबार
(June 4, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशबारे न्याय परिषद्‍मा छलफल

नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशबारे न्याय परिषद्‍मा छलफल भएको छ।

आज बसेको परिषद्को आकस्मिक बैठकमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध परेको उजुरीबारे छलफल भएको हो।  आज यसबारे कुनै टुंगो नलागेकाले छलफल जारी राख्ने गरी बैठक सकिएको छ।

रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका कांग्रेस नेता आलमसहित चार जनालाई जिल्ला अदालत रौतहटले २०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको थियो तर गत बुधवार उच्च अदालतका न्यायाधीशद्वय थारु र महर्जनको इजलासले जन्मकैदनको फैसला उल्ट्याएपछि आलम सोही दिन नख्खु कारागारबाट रिहा भएका थिए।

प्रमाणहरुको गाम्भीयर्यतालाई ख्याल नगरी उच्चले फैसला सुनाएको भन्दै न्यायाधीशमाथि कारबाहीको दाबाब बढेको थियो। छानबिनको माग गर्दै गत शुक्रबार परिषदमा उजुरी परेको थियो। यसबाहेक न्यायाधीश नियुक्तिसहित अरु नियमित विषयमा समेत छलफल भएको न्याय परिषद् सचिवालयका सूचना अधिकारी सुमन पाण्डेले जानकारी दिए।

प्रकाशित मिति: Jun 4, 2025

प्रतिक्रिया दिनुहोस्