Logo
१२ असार २०८२, बिहीबार
(June 4, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बोरामा प्याक गरी लुकाई छिपाई राखेको गाँजा बरामद

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–५ र ६ स्थित सीमा इलाकाबाट करिब १ हजार १ सय २० के.जी. गाँजा बरामद भएको छ ।

मंगलबार  विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट घुस्की, बसन्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सोही ठाउँमा ३८ वटा प्लास्टिकको बोरामा प्याक गरी बालुवा मुनी लुकाइछिपाई राखेको अवस्थामा फेला पारको हो ।

बरामद गाँजा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 4, 2025

प्रतिक्रिया दिनुहोस्